Thursday, September 24, 2015

लखन थापा पहिलो सहिद घोषित

6:38 PM - No comments

आश्विन ७, २०७२- सरकारले निरंकुश जहानियाा राणा शासनको विरुद्ध विद्रोहको नेतृत्व गर्ने क्रममा मारिएका लखन थापालाई मुलुकको पहिलो सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा थापालाई पहिलो सहिद घोषणा गरेको हो ।
थापाले राणा शासनको विरुद्ध विद्रोह गरेपछि तत्कालीन सरकारले पक्राउ गरी वि.सं १९३३ साल फागुन २ मा उनलाई झुन्ड्याएर मारेको थियो । पाठ्यपुस्तक र सामान्य ज्ञानमा थापालाई पहिलो सहिद भनिए पनि सरकारको रेकर्डमा उनी सहिदको सूचीमा थिएनन् । मन्त्रिपरिषदले विधिवत् निर्णय गरी थापालाई नेपालको प्रथम सहिद घोषणा गरेर राज्यका तर्फबाट सम्मान गरेको जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए ।

Monday, September 14, 2015

हिन्दुवादीको नाममा झापा चर्चमा बम बिस्फोट

11:25 PM - No comments
२९ भदौ, काठमाडौँ  । सुनसरीको इटहरी निवासी श्रीनिवास आचार्य सोमबार दिउँसो नयाँबानेश्वरको एभरेष्ट होटल अगाडि भाषण गरिरहेका थिए । संविधान बनेको एक साताभित्र देशभरिका चर्चहरुमा धावा बोल्ने उनले भाषण ठोके ।
नेपालमा ०६३ सालपछि बनेका चर्चहरु तोडफोड गरिने श्रीनिवासले खुल्लमखुल्ला चेतावनी दिए ।
धार्मिक सहिष्णुता र सदभावमाथि खुलेआम चुनौती दिएका आचार्यको यो अभिव्यक्ति सभ्य समाजका लागि शोभनीय नभएकाले त्यसले मिडियामा ‘कभरेज’ पाएन । तर, आचार्यले चर्चामाथि धावा बोलिने बताएकै रात झापाको दमक र खजुरगाछीका चर्चहरुमा बम प्रहार भयो । सुरुङ्गाको चर्चमा राखिएको बम पड्कँदा मंगलबार बिहान तीन प्रहरी घाइते भए । उनीहरु अस्पताल भर्ना भएका छन् । झापाका विभिन्न चर्चहरुमा हिन्दुवादीका नाममा कसले बम राख्यो ? यो प्रहरीको अनुसन्धानबाट खुल्दै जाला । तर, नयाँबानेश्वर चोकमा उभिएर देशभरिका चर्चहरु ध्वस्त पार्ने अभिव्यक्ति दिने आचार्यलाई प्रहरीले पक्राऊ वा सोधपुछसम्म गरेको छैन ।
फेसबुकमा साम्प्रदायिक सदभाव विरोधी अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका आङकाजी शेर्पा धरौटीमा छुटेकै दिन आचार्यले बानेश्वर चौकमा उभिएर धार्मिक सहिष्णुता खल्बल्याउने साम्प्रदायिक भाषण गरेका हुन् । आचार्यको गतिविधि शंकास्पद सुनसरीको इटहरीमा अघिल्लो महिना भएको हिन्दुबादीहरुको प्रदर्शनमा भारतीय रअका अधिकारीसँग आचार्यको प्रत्यक्ष संलग्नता रहेको मोरङ र सुनसरीको प्रशासनले पत्तो लगाएको थियो । आचार्यको अगुवाइमा इटहरीमा भएको प्रदर्शनमा भारु पैसाको प्रयोग भएको, बिराटनगरको जेनियल होटलमा केही दिन बसेका रअका अधिकारी आरके सिंहसँग सम्पर्क हुने गरेको र काठमाडौंका एकजना पूर्वसैनिक अधिकारीसँग फोन सम्पर्क हुने गरेको भन्दै पूर्वाञ्चल प्रहरीले आचार्यको गतिविधिमाथि निगरानी बढाएको थियो ।

 धर्मका नाममा हुने हिंसालाई हाम्रो समर्थन छैन : राप्रपा नेपाल

यसैवीच राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले धार्मिक सहिष्णुतामा खलल पुर्‍याउने कुनै पनि अभिव्यक्ति वा कार्यप्रति राप्रपा नेपालको समर्थन नरहने बताए । ‘सोमबार बानेश्वरको प्रदर्शनमा राप्रपा नेपालको पनि सहभागिता थियो, तर आचार्यले चर्चमाथि धावा बोलिन्छ भनेर दिएको अभिव्यक्तिप्रति राप्रपा नेपालको कुनै समर्थन छैन,’ ‘श्रेष्ठले  भने- ‘हामीले सबै धर्मप्रति सदभाव र धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्दै आएका छौं, चर्चमाथिको आक्रमणमा हाम्रो समर्थन रहँदैन ।’ सोमबार बानेश्वरमा आयोजित संयुक्त धार्मिक सभामा स्वामी कमलनयानाचार्यका तर्फबाट श्रीनिवास आचार्यले सम्बोधन गरेका थिए । त्यहाँ कमलनयनाचार्यले भाषण गरेनन् । कमल थापाको पार्टी राप्रपा नेपालका तर्फबाट राजेन्द्र लिङदेन बोलेका थिए । प्रहरीले पानीको फोहोरा र लाठीचार्ज गरेको केहीबेरपछि हिन्दुवादीहरुको सभा भएको थियो, जहाँबाट श्रीनिवासले चर्चहरुमाथि धावा बोलिने चेतावनी दिएका थिए ।

पोर्नस्टार बन्न खोज्ने अर्चना पनेरुले पुलिश र पत्रकारसंग संग के भनिन लाइभ अन्तरबार्ता (भिडियो ) साथमा आमा पनि

11:20 PM - No comments
पोर्न फिल्म खेलेर सन्नी लियोनि जस्तै चर्चित स्टार बन्ने सपना बुनेर फेसबुकमा अर्ध नग्न फोटो हरु हालेर एका एक चर्चामा आएका महेन्द्रनगरका अर्चना पनेरु र छोरीको नाङ्गो फोटो खिचेर उक्साउने आमा सहितलाई प्रहरीले पक्रेर केरकार गरि चेतावनी सहित छाडेको छ।  प्रहरीको सोधपुछ र सुझाव पछी अर्चनाले अब यस्ता समाजमा अपाच्य कार्य नगर्ने बताएकी छिन भने महत्वाकांक्षी उनकी आमाले भने जसरि पनि छोरीलाई पोर्न स्टार बनाएरै छाड्ने बताएकी छिन ।
प्रश्तुत छ अर्चना पनेरु र उनकी आमा प्रहरी थानामा हुँदाको कुराकानि र अर्चना पक्राउ पर्नु अघिल्लो रात लिइएको अन्तरबार्ता :

अर्चना पनेरु र उनकी आमा प्रहरी थानामा हुँदाको कुराकानि




अर्चना पक्राउ पर्नु अघि लिइएको अन्तरबार्ता

Wednesday, August 19, 2015

यस्ता छन् पत्नी पीडितका व्यथाहरु

8:25 AM - No comments
नेपाली समाज पुरुषको सर्वोच्चता कायम भएको समाज हो। यहाँ महिला पाइला–पाइलामा पीडित छन्। अनेक थरी विभेद र हिंसाको शिकार भएका छन्। वर्तमान सामाजिक संरचनामा पुरुष पीडक र महिला पीडित अवतारमा छन्। तर, पुरुषहरूको एउटा सानो तप्का पनि छ, जो पत्नीपीडित छ। उनीहरूका कथा–व्यथा उधिन्ने प्रयत्नमा छन् ।

  तीन वर्षअघि राष्ट्रिय महिला आयोगले राजधानीमा 'घरेलु हिंसापीडित महिलाको समस्या र समाधान' विषयक अन्तर्क्रिया आयोजना गरेको थियो। कार्यक्रममा तत्कालीन शान्तिमन्त्री टोपबहादुर रायमाझीले आफू पत्नीपीडित भएको खुलाएपछि सबै अवाक् भएका थिए। उनले आफूतिर देखाउँदै भनेका थिए, 'यहाँ महिलामात्र होइन, पुरुषले पनि हिंसा खेपिरहेका छन्।' पत्नी सीमा बञ्जाडेसँग सम्बन्ध विच्छेद गरेका उनले थपेका थिए, 'शहरका केही महिलाको कामै विवाह गर्दै हिँड्नु हो।'माओवादी नेता रायमाझीकै जस्तो पीडा भोग्ने पुरुष समाजमा मनग्य छन्। सुनसरीका श्याम हमाल यही सानो तप्काका सदस्य हुन्। उनका लागि त सम्बन्ध विच्छेदकै बाटो पनि सजिलो छैन। जागिरका क्रममा राजधानीमा ससुराली जोड्न पाएकोमा आफूलाई 'भाग्यमानी' ठान्थे उनी। तर, त्यो ससुराली उनका लागि मुस्किलले तीन वर्ष टिक्यो।काठमाडौँमा किनेको घरमा बूढा आमाबुबासँगै श्रीमती जानुकालाई छाडेर जागिरकै क्रममा नवलपरासी गएका थिए। 'बुहारी हप्तौँ घर आउँदिनन्' भन्दै उनकी आमाले फोनमा सुनाइन्। 'सधँै फोन सम्पर्क हुँदा उनी घरमै छु भन्दै मलाई ढाँटेर कता हराउँदिरहिछन्,' उनले दुखेसो पोखे, 'बूढा आमाबुबालाई हेरचाहका नाममा उनले मनलाग्दी गरेको थाहा पाउँदा मलाई एकदम पीडा भयो।' अहिले छुट्टै अपार्टमेन्ट लिएर एक्लै बस्दै आएकी जानुका किन यसो गर्दै छिन्? श्याम अनुत्तरित छन्। उनी अनुमानमात्र गर्न सक्छन्, 'सायद उमेर फरक परेर हो कि! उनको र मेरो कुरै मिल्थेन।' उनीहरूको उमेर १० वर्षले फरक थियो।सम्बन्ध विच्छेदका लागि बाटो खोलिदिन जानुकासँग अनुनय गरिरहेका उनी भन्छन्, 'छोटो परिचयमै बिहे भएको हो। उनको आफ्नै पारा रहेछ क्यारे। मैले चिन्न सकिनँ भनौँ। अहिले उनी तेरो हरेक सम्पत्ति मेरा लागि पनि नछुट्याए त्यो (सम्बन्ध विच्छेद) सम्भव छैन भन्छिन्। मेरो पुर्ख्यौली सम्पत्ति उनलाई किन बुझाउने? अनि मेरो जागिरमा पनि उनको हिस्सा किन हुने?' श्यामका अनुसार काठमाडौँको घरजग्गा जानुकाकै नाममा छ। एक वर्ष बितिसक्यो सम्बन्ध बिग्रेको। महानगरपालिका धाउँदै बित्छन् उनका दिन। 'बल्लतल्ल बिदा मिलाएर यहाँ आउँछु। महानगर गयो। खाली हात फर्कनुबाहेक केही हुँदैन। मेलमिलाप गराउने भनेको एक वर्ष बिति पनि सक्यो,' उनी आफूहरूबीच मेलमिलाप अब सम्भव छैन भन्छन्।

०००हो, पितृसत्तात्मक दिमागको शिकार छन् महिला। महिलाविरुद्ध हिंसाका घटना चरम उत्कर्षमा छन्। असीमित पीडाका भारी थोपरिएका छन् महिलामाथि। 'यसो भन्दैमा पुरुषहरू पीडित छैनन् भन्न मिल्दैन,' राष्ट्रिय महिला आयोगकी अध्यक्ष शेख चाँदतारा भन्छिन्, 'संख्यात्मक रूपमा कम होलान्। तर, पत्नीबाट हिंसा भयो भन्ने पतिहरू छन्।' उनका अनुसार आयोगमा 'म हिंसामा परेँ' भन्ने 'पुरुष आवाज'हरू सुनिने क्रम बढेका छन्।'सर्वस्व गुमाउँदा पनि सुख पाइनँ'नुवाकोटका प्रेम शर्मा सात वर्ष दुबई बसे। त्यो अवधिमा कमाएको सबै पैसा श्रीमतीलाई पठाउँथे। घर फर्केपछि शहरमा जग्गा किन्ने योजना बुनेका थिए।घर फर्के। तर, उनका लागि सबै गुमिसकेको थियो। श्रीमती, पैसा र सपना पनि। 'गाउँकै अर्को केटासँग भागि'छ,' विदेशबाट पैसा पठाएको 'स्लिप' देखाउँदै उनले भने, 'ल हेर्नुस्। मसँग यी कागजभन्दा अरू केही रहेनन्।' सात वर्षमा १८ लाख रुपैयाँ घर पठाएको हिसाब देखाउँछन् उनी। अब के गर्ने होला? उनले विकल्प भेटेकै छैनन्। 'डिभोर्स सीधै गर्न पाइन्न। त्यत्रो पैसाको माया मार्नु पनि भएन,' उनी भन्छन्, 'आमाबुबालाई भन्दा ज्यादा विश्वास उनैको गर्थें। उनैले आज मलाई यसरी फसाइन्। मेरो सम्पत्ति फिर्ता देऊ भन्दा उनी 'केको सम्पत्ति भन्दै उल्टै हकार्छिन्।' आठ वर्ष भयो उनीहरूले बिहे गरेको। 'यत्रो वर्षसम्म तेरो घरमा बसेर काम गरेको बराबर भयो भन्छिन्,' उनी भन्छन्, 'मलाई त अचेल अरूलाई फोन गर्न लगाएर धम्क्याउन पनि थालेकी छिन्।' उनी सर्वस्व गुमाउँदा पनि सुख नपाएको भन्दै आत्तिएका छन्।

०००काठमाडौँ महानगरपालिकाको कानुनी महाशाखा प्रमुख वसन्त आचार्य पुरुषहरू पत्नीबाट पीडित भयौँ भन्दै आउने क्रम बढेको बताउँछन्। उनका अनुसार धेरैजसो वैदेशिक रोजगारीमा गएका पुरुष यसरी आउने गर्छन्। 'भौगोलिक रूपमा टाढा भएपछि सम्बन्धमा पनि खटपट हुँदो रहेछ,' उनी भन्छन्, 'स्वदेशमा हुनेले अर्कैसँग नाता जोड्ने। विदेशमा हुने पनि के कम? अझ शंकैशंकाले पनि लंका जलाएका घटना आउने गर्छन्।'सम्बन्ध विच्छेद चाहने पुरुष सीधै अदालत जान पाउँदैन। उसले सुरुमा गाविस वा नगरपालिकामा निवेदन दिनुपर्छ। एक वर्षसम्म मेलमिलापको प्रयास सफल हुन नसकेमात्र गाविस वा नगरपालिकाको सिफारिसमा अदालत जान पाउँछ ऊ।महानगरपालिका आउनेमध्ये आधाजति मात्र पुरुष अदालत जाने गरेका छन्। 'धेरैलाई प्रतिष्ठाको कुराले रोक्छ,' आचार्य भन्छन्, 'परिचय गोप्य राखेर मुद्दा लड्ने कुरा गर्छन्। यहाँ त त्यो सम्भव छैन।' २५ प्रतिशत जति लामो छलफल गराउँदा मिल्छन्। केही भने अदालत नगई महिलाको माग पूरा गराएर टाढिने गरेको उनले बताए।चितवनका अधिवक्ता चुडामणि सापकोटा पनि पत्नीबाट हिंसामा परेँ भन्ने पुरुषहरू खुल्ने क्रम बढेको बताउँछन्। 'शहरी क्षेत्रका केही पुरुषहरू पीडित भयौँ भनेर अदालतसम्म जान खोज्छन्,' चितवन बारका अध्यक्षसमेत रहेका उनले भने, 'तर, झन्झटिलो प्रक्रियाका कारण धेरैजना पछि हट्छन्।'अधिवक्ता गोकुल भण्डारीको अनुभव पनि उस्तै छ। 'जति अदालतसम्म जान्छन्, त्यसको तेब्बर संख्या पछि हट्नेहरू हुन्छन्। त्यसलाई हामी 'हिडेन केस' भन्छौँ,' उनी भन्छन्, 'अदालत महिलाका पक्षमा हदैसम्म लचक भइदिन्छ। जसले गर्दा नगन्य मात्रामा पीडित पुरुषका 'केस' सफल हुन्छन्।'अधिवक्ता गोपालकृष्ण घिमिरे पनि अदालतमा पुग्ने मुद्दाकै आधारमा पुरुषहरू पीडित हुने संख्या आकलन गर्न नसकिने बताउँछन्। 'पुरुष हुनुको कारणले पनि उनीहरू अदालत पुग्न आँट्दैनन्,' उनी भन्छन्, 'फेरि स्वाभाविक रूपमा अदालत महिलाकै पक्षमा बढी लचक हुन्छ। यस्ता अभ्यासले पनि पुरुष जतिसुकै पीडा पनि लुकाउन खोज्छ।

'०००महिला आयोगकी अध्यक्ष शेख चाँदतारा महिलामाथि भएको हिंसासँग पुरुषमाथि हुने हिंसा तुलनै गर्न नमिल्ने बताउँछिन्। 'सबै महिला सही हुन्छन् भन्न सकिन्न,' उनी भन्छिन्, 'तर, अधिकांश पुरुषले महिलामाथि नै हिंसा थोपरिरहेका छन्।' उनको भनाइमा पुरुषमाथि हिंसा नभएको भने होइन। 'धेरै ठाउँबाट फोनमा 'तपाईंहरू महिलाको पक्षमा मात्र बोल्नुहुन्छ, हाम्रो पीडा कसले सुन्ने?' भन्दै आक्रोश पोख्ने गर्छन् पुरुषहरू,' उनी भन्छिन्, 'हामी हाम्रो जिम्मेवारी नै महिलाको पक्षमा बोल्ने हो भन्छौँ।'

पत्नीपीडितको संख्या बढ्दो
 मनोज घर्तीमगर
पोखरा, लामाचौरका नरजंग गुरुङ झन्डै १० वर्ष विदेश बसे। दुःखजिलो गरी कमाएको पैसाले घरबारी जोडे। पत्नी अनितालाई फ्यान्सी पसल खोलिदिए। घरमा कुनै पनि चिजको अभाव हुन दिएनन् उनले।यतै बस्नेगरी परदेशबाट फर्किएपछि परिवारमा नरजंगको मिल्ती हुन सकेन। कारण थियो, श्रीमतीको मनपरी। परिवार मिलाउने नरजंगका हरेक प्रयास असफल बन्दै थिए। अनिताले 'डिभोर्स दिन्छु' भन्दै घरमै छिर्न मनाही गर्न थालिन्।घरको न घाटको महसुस गरेका नरजंगले प्रहरीमा उजुरी दिन खोजे। तर, पाएनन्। 'प्रहरीमा ममाथि हिंसा भयो भनेर उजुरी दिन खोज्दा मिल्दैन भनेर फर्काइयो,' नरजंग पीडा सुनाउँछन्, 'महिलालाई जस्तो सीधै प्रहरी वा अदालत जान पाउने अधिकार हामीलाई कहाँ रहेछ र?'उता, अनिताले उल्टै नरजंगका विरुद्ध कास्की अदालतमा सम्बन्ध विच्देछसहित अंश दिलाइदिन मुद्दा हालिन्। 'सबै सम्पत्ति उसकै नाममा छ। मसँग केही छैन। उल्टै अंशदाबीसहित मुद्दा हालेपछि मैले के गर्नु?' उनले भने।

०००कास्की, सिद्धका शेरबहादुर वंशी पनि आफूलाई 'पत्नीपीडित' बताउँछन्। दुई वर्षअघि घर छाडेर निस्किएकी श्रीमती नभेटिएपछि उनी 'पत्नी खोजी पाऊँ' भन्दै निवेदन बोकेर प्रहरी कार्यालय पुगे। प्रहरीले पनि 'खोजी कार्य जारी छ' मात्र भनेर झुलायो।गत वैशाख १२ को भुइँचालोपछि उनकी श्रीमती टुप्लुक्क घर आइन्। सोधपुछ पछि थाहा लाग्यो, उनी त काठमाडौँमा रहिछन्। 'अर्कै केटोसँग भागेकी रैछ,' शेरबहादुरले सुनाए, 'भूकम्पले बसेको घरै भत्काएपछि फेरि पुरानै घरमा आई। अझ उल्टै मलाई खान लाउन दिएन भनेर पुलिस केस गरिछ। पुलिसले बोलाएपछि मैले सबै थाहा पाएँ। गाउँ, समाज, माइती सबैले उसको चाला थाहा पाएका छन्। तर, पनि पुलिसले उल्टै मलाई 'खान लाउन व्यवस्था गरिदिनू' भनेपछि म बसेको घर छोडिदिएँ।'प्रहरीको करबलपछि शेरबहादुरले पत्नीलाई बस्ने व्यवस्था गरिदिए। आफूखुशी चल्न बानी परेकी उनकी पत्नी एक हप्ता पनि टिकिनन्। फेरि 'घरमा बस्न नदिएको' भन्दै उजुरी गरेपछि शेरबहादुरको घरमा प्रहरी पुग्यो। प्रहरीले आफूलाई नै त्यो महिलाले बेवकुफ बनाएको ठहरसहित त्यसपछि वास्ता गर्न छाड्यो।'दुई वर्ष हराएर आउनेलाई मैले श्रीमती स्विकारेँ,' शेरबहादुर दुखेसो पोख्छन्, 'अब त अति भइसक्यो। सम्बन्धै तोड्न चाहन्छु। तर, मैले चाहेर नहुँदो रैछ।'

०००कास्की, चापाकोटकी सम्झना काखेबालक च्यापेर जिल्ला प्रहरी कार्यालयको महिला सेल पुगिन्। 'सासु, ससुराले सुत्केरी भएको १५/१६ दिनमै घरबाट निकाले' भन्दै उनले उजुरी दिइन्। वास्ताविकता अर्कै भेट्यो प्रहरीले।पति विदेशमा हुँदा अर्काको गर्भ बोकेर बच्चा जन्माएपछि उनलाई घरबाट निकालिदिएछन्। सम्झनाले उल्टै घरमा बस्न नदिएको, खान लाउन नदिएको भन्दै अंशदाबीसहित मुद्दा हालिन्।'गल्ती उसले गर्ने मैले किन मेरो सम्पत्ति दिने? ऊ छोडेर जान्छे भने जाओस्,' सम्झनाका पति निर्मल मगरले भने, 'महिलालाई हिंसा भयो भने दुनियाँभाँती कानुनका धारासारा लाएर न्याय दिने। हामीचाहिँ न्याय नपाउने?'

परदेशीको बिल्लीबाठ

अरबबाट आठ वर्षपछि फर्केका प्रह्लाद थापा घर आउँदा उनले न श्रीमती भेटे, न सम्पत्ति नै। श्रीमती खोज्दाखोज्दा हैरान भएपछि उनले गत सोमवार कास्की प्रहरीमा पत्नी खोजीका लागि निवेदन दिए। 'यतिका वर्ष अर्काको देशमा पसिना बगाएर जोडेको सबै सम्पत्ति स्वाहा पारेर कहाँ गएकी होली?' उनको बिलौना छ, 'अर्कैसँग भागेकी भनेर गाउँलेले सुनाए। तर, कहाँ गई? भेट्न सकिएको छैन।'वैदेशिक रोजगारीमा जानेहरूले श्रीमती र बालबच्चा शहरमा ल्याई डेरामा राख्दा वा भरपर्दो आफन्तको साथ नहुँदा पुरुषले दुःख पाएका घटना कास्की प्रहरीमा धेरै छन्। 'श्रीमती–छोराछोरीकै लागि भनेर विदेशमा दुःखजिलो गर्छ। तर, घर फर्कंदा न श्रीमती न सम्पत्ति। छोराछोरीको त बेहाल भइरहेको छ,' अधिकृतस्तरकी एक महिला प्रहरी भन्छिन्, 'विदेशबाट फर्केका धेरै पुरुष पीडित भयौँ भनेर आउने क्रम बढेको छ।'कानुनी रूपमा पुरुषलाई भन्दा महिलालाई सहज छ। यसले पनि पुरुषहरू धेरै पीडित बनेको बताउने गरेका छन्। अधिवक्ता गिरीधारी सुवेदीको भनाइमा महिलामाथिका कानुनी विशेषाधिकारले पीडित पुरुषहरू कानुनी प्रक्रियामा जान हिचकिचाउँछन्।'पुरुषमाथि ठ्याक्कै देखिने खालका हिंसा हुँदैनन्,' सुवेदी भन्छन्, 'किनभने महिलाले न हातपात गरेको भेटिन्छ। न अन्य कुनै उद्योग। तर, महिलाले पुरुषमाथि दिने हिंसा यति खतरनाक छ कि जसले बाहिर नदेखिए पनि भित्रभित्रै पुरुषलाई जलाइरहेको हुन्छ।''पुरुÈले घरमा श्रीमती हु"दाहु"दै परस्त्रीस"ग पत्नीवत व्यवहार गरेमा बहुविवाहको कसुरमा कारबाही हुन्छ। उसले मानाचामल भर्नुपर्ने, अंश दिनुपर्नेजस्ता कानुनी व्यवस्था छन्। तर, महिलाले बालबच्चा छाडेर परपुरुÈस"ग गएमा ऊ कुन सजायको भागीदार हुने?' अधिवक्ता सुवेदी भन्छन्, 'कानुनले महिलाबाट भएका त्यस्ता यातनामाथि कुन कारबाही गर्ने भन्नेबारे केही पनि नबोल्दा यसप्रकारको यातनाको संख्या दिनदिनै बढ्दै गइरहेको छ। महिलाले कति पटकसम्म बिहे गर्न पाउने र अंशदाबी गर्न पाउने भन्ने पनि कानुुन हुनुपर्छ।'अधिकारकर्मी माया गुरुङ पछिल्लो समय पीडित पुरुष खुल्ने क्रम बढेको बताउँछिन्। 'लामो समय सम्पर्कविहीन हुने, छोडपत्र पनि नदिने र अर्को विवाह गरे बहुविवाहमा मुद्दा हालिदिने धम्की दिएर पुरुÈलाई मानसिक हिंसा दिने क्रम बढेको छ।'वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासन, कास्की संयोजकसमेत रहेकी गुरुङ भन्छिन्, 'पुरुषमाथि हिंसा गरेको देखिँदैन। तर, उनीहरूमाथि यस्ता अदृश्य हिंसा धेरै भएका छन्। जो समाजमा कमजोर हुने डरले खुल्दैनन्। समाजिक परिवेश पनि पुरुषमाथि हिंसा भयो भन्दा पत्याउने अवस्था भइसकेको छैन।' उनका अनुसार विदेशमा रहेका धेरै श्रीमान्हरू श्रीमतीको बेइमानीले आजित छन्। यसमा दोष पुरुषको पनि छ भन्छिन् उनी, 'सम्बन्धलाई कसरी सुमधुर राख्न सकिन्छ? यसबारे पुरुषले नसोचेर पैसा कमाउनुलाई मात्र महŒवपूर्ण ठान्दा खटपट सुरु हुन्छ। महिलालाई एक्लो हुनुपर्दाको पीडा महसुस गर्न सकेकै हुँदैन पुरुषले। यसले पनि महिलालाई टाढिन सघाउँछ।'अधिवक्ता जुनाकुमारी गुरुङ भन्छिन्, 'पुरुष पीडित भएका घटना बाहिर आउनुले महिला अधिकार बढी भएकै कारण पुरुष हिंसा बढेको त होइन भन्ने प्रश्नहरू धेरै उठ्न थालेका छन्। तर, त्यसो होइन। महिलाको तुलनामा पुरुष धेरै कममात्र पीडित छन्। लैंगिक रूपमा महिलामाथि धेरै पीडा रहेकाले केही हदसम्म विशेषाधिकार पाउँछन् महिलाले।'

बढदै पुरुषविरुद्ध हिंसाका उजुरी

कास्की जिल्ला अदालतका स्रेस्तेदार दिनबन्धु बरालले पुरुष पीडित भयौँ भनेर अदालतसम्म आउने क्रम बढेको बताउँछन्। 'ममाथि हिंसा भयो भन्दै पुरुषले उजुरी दिए समाजले आफ्नै श्रीमती तह लाउन नसक्ने, हुतिहारा भन्दै खिसी गर्छ भन्ने डरले धेरैजना आफूमाथि भएका हिंसा सहन बाध्य हुन्छन्,' बराल भन्छन्, 'तर, पछिल्लोपटक बढेको देखिन्छ अदालतसम्म आउने पुरुषको संख्या।'नेपालको कानुनअनुसार महिलालाई सम्बन्ध विच्छेद गर्न जति सजिलो छ, पुरुÈका निम्ति त्यति सजिलो छैन। महिलाले स्थानीय निकायदेखि सीधै अदालत पुगेर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सक्छन्। पुरुषले गर्न चाहे गाविस वा नगरपालिका हुँदै अदालत धाउनुपर्छ। जहाँ एक वर्षसम्म मिलापत्र गराउनका लागि भन्दै कुर्नुपर्छ। 'एक वर्षमा मुद्दा टुंगो नलागे मात्रै अदालत पठाउनुपर्ने हुन्छ। यस्तो झन्झट बेहोर्नुभन्दा त्यत्तिकै बस्छु भनेर फर्कनेहरू कति छन् कति। दर्ता गर्दा समाजले हेयले हेर्ने भएकाले पनि डराउँछन् उनीहरू,' पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा भन्छन्, 'सज्जन पुरुषमाथि अनेकन हिंसा भएका देखिन्छन्।'(सामग्रीमा उल्लिखित पति र पत्नीका नाम परिवर्तन गरिएका छन्।)

प्रसिद्ध पत्नीपीडित

  अब्राहम लिंकन, अमेरिकी पूर्वराष्ट्रपति

पुरुषमाथि हुने घरेलु हिंसाको सन्दर्भ आउनासाथ धेरैले अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनलाई सम्भि्कने गर्छन्। गरिब पारिवारिक पृष्ठभूमिबाट आएका लिंकनलाई श्रीमती म्यारी टोडले पटक–पटक भकुर्ने गरेकी थिइन्।लिंकनको निजी जीवनसम्बन्धी किताब 'द इनर वर्ल्ड अफ अब्राहम लिंकनुका लेखक तथा इतिहासका प्राध्यापक माइकल बर्लिनगेमले समेत अब्राहम घरेलु हिंसाबाट पीडित रहेको उल्लेख गरेका छन्। बलिष्ठ ज्यान भएकी र धनी परिवारबाट आएकी म्यारीले अब्राहमलाई बेस्कन कुट्ने गरेको कुरा माइकलले लेखेका छन्।स–सानो कुरामा निहुँ खोजेर लिंकनलाई पत्नीले कुट्ने गरेको उल्ल्लेख गर्दै माइकलले लेखेका छन्, 'एकपटक अब्राहमले चुल्होमा पर्याप्त दाउरा हालेनछन्। यो कुरा म्यारीलाई चित्त बुझेन र उनले छेउमा रहेको काठको चिर्पटले अब्राहमलाई जोडले हानिन्। अर्कोपटक बिहानको खाजाका लागि भनेर अब्राहमले ल्याएको मासु म्यारीलाई राम्रो लागेन। उनले श्रीमान्को गालामा जोडले चड्कन लगाइन्, जसले गर्दा अब्राहमको नाथ्री फुटेर रगत नै बग्यो।ु

बिल क्लिन्टन, अमेरिकी पूर्वराष्ट्रपति

अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने तरखरमा रहेकी अमेरिकी नेत्री हिलारी क्लिन्टनलाई धेरैले 'बोल्ड नारीुका रूपमा लिने गरेका छन्। श्रीमानलाई कुट्ने सवालमा पनि उनी बोल्ड नै छिन्।क्लिन्टन राष्ट्रपति छँदा ह्वाइट हाउसमा इन्टर्नसिप गर्न आएकी किशोरी मोनिका लेविन्स्कीसँग उनले शारीरिक सम्बन्ध राख्ने गरेको कुरा बाहिर आएको थियो। यही विषयलाई लिएर त्यतिबेला हिलारीले बिललाई निर्ममतापूर्वक कुटेकी थिइन्।हिलारीको बायोग्राफी 'हिलारिज च्वाइसु किताबमा अरू बेला पनि हिलारीले बिलमाथि हात हाल्ने गरेको र मोनिकाको केसमा अलिक बढी नै निर्ममतापूर्वक प्रहार गरेको उल्लेख गरिएको छ। सन् १९९३ मा अमेरिकी गायिका बारब्रा स्ट्रेइस्यान्डसँग बिलको सम्बन्धबारे बाहिरफेर चर्चा चलिरहेको बेला एक दिन बारब्रा ह्वाइट हाउसमा आएको र यही झोंकमा बारब्रा फर्किएपछि हिलारीले बिलको अनुहारमा चिथोरेको किताबमा उल्लेख छ।ह्वाइट हाउससम्बन्धी समाचार लेख्दै आएकी ब्लुमबर्ग मिडियाकी पत्रकार केट एन्डर्सन ब्रोवरले हालसालै प्रकाशन गरेको किताब 'द रेसिडेन्सः इनसाइड द प्राइभेट वर्ल्ड अफ द ह्वाइट हाउसु किताबमा मोनिकासँगको बिलको सम्बन्धलाई लिएर हिलारीले बिललाई रक्ताम्य हुने गरी कुटेको उल्लेख छ। किताब र बत्ती बाल्ने पानसले हानेर हिलारीले बिललाई रक्ताम्य बनाएको र एकपटक त बिलले डाक्टरलाई बोलाएर टाँका नै लगाउनुपरेको समाचारमा जनाइएको छ।

स्टफेन हकिङ, वैज्ञानिक

शारीरिक रूपमा अशक्त वैज्ञानिक स्टफेन हकिङ पुरुषविरुद्ध हिंसाका अर्का नमुना हुन्। दोस्रो पत्नीले हकिङलाई बेस्कन कुट्ने गरेको र एकपटक त अस्पतालमा भर्ना नै हुने गरी कुटेको समाचार विभिन्न सञ्चारमाध्यमले छापेका थिए। हकिङले यसलाई अस्वीकार गरे पनि हकिङका सहयोगी र उनको घरमा काम गर्ने सुसारेले लोकलाज छल्नका लागि मात्र हकिङले यस्तो गरेको र उनलाई घरमा पत्नीले बारम्बार कुट्ने गरेको बताएका थिए।सन् २००४ मा हकिङ नाडीको जोर्नी भाँचिएको र अनुहार रक्ताम्य भएको अवस्थामा हस्पताल भर्ना भएका थिए। दोस्रो श्रीमतीले कुटेका कारण हकिङको त्यो हाल भएको समाचार त्यतिबेला प्रकाशित भएको थियो। विश्वविख्यात वैज्ञानिक घरेलु हिंसाको शिकार भएको समाचारले धेरेको ध्यान आकर्षित भयो। हकिङकी पहिलो पत्नीले हकिङमाथिको घरेलु हिंसाबारे अनुसन्धान गर्न माग गरिन्। एकपटक हकिङ आगोले जलेको अवस्थामा फेला परेका थिए। हकिङका सुसारेहरूले हकिङलाई दोस्रो पत्नी एलेनले कुटेर बेला–बेलामा गम्भीर रूपमा घाइते बनाउने गरेको बताएका थिए।हकिङका बहालवाला तथा पूर्वनर्स तथा सुसारेहरूसँग बयान लिएर प्रहरीले यस विषयमा अनुसन्धानसमेत अघि बढाएको थियो। तर, हकिङ स्वयंले आफूमाथि कुनै प्रकारको हिंसा नभएको उल्लेख गरेपछि अनुसन्धानलाई प्रभावकारी रूपमा अघि बढाउने काम भएन।

नागरिक शुक्रबार का लागि अम्मर जिसी र मनोज घर्तीमगर।

Tuesday, August 18, 2015

आज नाग पञ्चमी

7:59 PM - No comments

काठमाडौं, भदौ २ । श्रावण शुक्ल पञ्चमीका दिन सनातन धर्मावलम्बीहरुले आज अष्ट नागपूजा गरी नाग पञ्चमी पर्व मनाउँदैछन् ।
घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ ।
यसरी घरघरमा नागका तस्वीर टाँस्नाले मेघ, सर्प, र अग्निको भय नहुने विश्वास छ । नागका अष्टकुल अर्थात् अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पूजा आजको दिन गरिन्छ । आज काठमाडौंको टौदह, नागदह, नागपोखरी र दहचोकलगायतका क्षेत्रमा मेला नै लाग्ने गरेको छ ।

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top