Thursday, September 29, 2016

विपन्नका वेदना: धनबहादुर टमट्टा/पार्वती कामी

5:45 PM - No comments
डोटीको घरबारी पहिरोले लगेपछि कैलाली झर्दा समेत अभाव र दुखले पछ्याउन नछाडेका नेत्रहीन धनबहादुर टमट्टा दम्पत्तिको व्यथा विपन्नका वेदनामा।

विपन्नका वेदना: आशा चौधरी

5:40 PM - No comments
उपचारमा सर्वस्व गुमाएपछि सिकिस्त पतिलाई अस्पतालबाट फर्काउनु पर्ने बाध्यतामा पुगेको बताउने कैलालीकी आशा चौधरीको आँसु विपन्नका वेदनामा।

विपन्नका वेदना: नायदा खातुन

5:35 PM - No comments
बोल्न/सुन्न/हिंड्न नसक्ने पति र चार सन्तान छाप्रोमा स्याहारीरहेकी वीरगञ्जकी नायदा खातुनको वेदना

विपन्नका वेदना: विष्णुमाया गिरी, धादिंगबाट तनहुँ सरियो , भाग्य बदलिएन

5:25 PM - No comments
विपन्नका वेदना: विष्णुमाया गिरी

Friday, September 23, 2016

विपन्नका वेदना: चिरन बुढाथोकी, दोलखा मृगौला पिडित

9:01 PM - No comments

इँटा बोक्ने ज्यामी काम गर्ने श्रीमतीको आम्दानीको भरमा डायालिसिस गराईरहेका दुबै मृगौला बिग्रिएका दोलखाका चिरन बुढाथोकीको आँशु विपन्नका वेदनामा।

विपन्नका वेदना: सोनी/अशोक थोकर, मकवानपुर

8:52 PM - No comments
हाड मक्किने रोगले ग्रस्त मकवानपुरकी १२ वर्षीया सोनी थोकर र उनको हेरचाहको निम्ति पाटन अस्पतालमा कुरुवा बसेका १६ वर्षीय दाजु अशोकको व्यथा।

विपन्नका वेदना: तीर्थमाया दर्लामी, सिन्धुली

8:44 PM - No comments

उपचार गर्नै नपाई जेठो छोरा गुमाएकी सिन्धुलीकी तीर्थमाया दर्लामीले छोरीको ज्यान जोगाउन चर्को व्याजमा ऋण लिई गरिरहेको संघर्ष विपन्नको वेदनामा।

विपन्नका वेदना: निर्मला चौधरी

8:35 PM - No comments

बिरामी पति कृपालाल चौधरीको ज्यान बचाउन चर्को ब्याजमा ६० हजार रुपैयाँ ऋण काढेर काठमाण्डूको अस्पताल धाइरहेकी दाङ मानपुरकी निर्मला चौधरीको व्यथा।

विपन्नका वेदना: भीमबहादुर/पशुपति दमाई

8:30 PM - No comments

'काल' छल्न जनताको कर उपयोग गर्नेको संख्या केन्द्रमा बढ्दै जाँदा, ‘काल पर्खेर बसेको’ बताउने बझाङका एक दम्पत्तिको व्यथा विपन्नका वेदनामा।

विपन्नका वेदना: पदमबहादुर नेपाली

8:27 PM - No comments

बिरामी छोराको शल्यक्रियाका लागि रू १ लाख जुटाउन तड्पिरहेका सिन्धुपाल्चोकका सूचीकार पदमबहादुर नेपालीको पीडा विपन्नका वेदनामा।

विपन्नका बेदना बिक्रममान तामांग

8:23 PM - No comments

बलियाका लागि सबै, हाम्रा लागि को? वीर अस्पतालमा क्यान्सरसँग जुध्दै एक्लै आँशु झारिरहेका कराँतेका सेकेण्ड डान ललितपुर देवीचौरका विक्रममान मार्फा तामाङको चित्कार।

विपन्नका वेदनाः सुनमती माझी, पर्वतकी बज्यै र अपांग नातिनी

8:00 PM - No comments
कालीगण्डकी नदी किनारमा आधा जिन्दगी बिताएकी आफैं अशक्त तर अपांगता भएकी नातिनी समेत हेर्न बाध्य सुनमती माझीको पीडा विपन्नका वेदनामा।

नयाँ बर्समा मेलम्चीको पानी खुवाउन प्रचण्डको निर्देशन

7:47 PM - No comments
७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी नयाँ वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउन निर्देशन दिएका छन् ।
मेलम्चीको पानी दशैं अघि नै काठमाडौं ल्याउने सरकारको लक्ष्य थियो । तर, सो लक्ष्य भने पूरा नहुने भएको छ । दशैं आउन दुई हप्ताजति बाँकी छँदा प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री कार्यालयका सचिव र पार्टीका केही नेताहरुसहित शुक्रबार मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुगे ।
त्यहाँ आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘२०७३/७४ मा पुर्‍याउने भनेर मोटामोटी लक्ष्य निर्धारित भएको छ । मानिसहरुको अपेक्षा र मैले यहाँ हेर्दा पनि म आशावादी नै भएको छु । २०७४ को शुरुतिर यहाँको पानी काठमाडौं जान सम्भव छ ।’
उनले मेलम्चीको पानी काठमाडौं ल्याउन भइरहेको कामप्रति सन्तोष व्यक्त गरे ।
‘हुन त यहाँ मुख्य सचिव जीले दशैं अगाडि । मैले भन्न चाहेको चाहिँ नववर्षसँगै पुग्ने, कमसेकम काठमाडौं पानी पूरै जान नसके पनि आयो भन्ने बनाउन सम्भव छ भन्ने देखें मैले,’ प्रधानमन्त्री प्रचण्डले भने ।
मेलम्ची खानेपानी आयोजना २०५५ सालदेखि सुरु भएको थियो । सरकारको राष्ट्रिय गौरवको आयोजनाभित्र परेको यो मेलम्ची आयोजनाको कामको करिब सात किलोमिटर टनेल खन्न अझै बाँकी छ । पहाड काट्ने र रिजर्भर बनाउन पनि बाँकी छ ।
गुणस्तरीय कामसहित तोकिएको समयभित्रै काम सक्न उनले आयोजनाका पदाधिकारीहरुलाई निर्देशन दिए । छिटो काम सकिएमा सरकारले सम्मान गर्ने प्रचण्डले बताए ।
‘अहिले तोकिएको समयभन्दा केही महिना मात्रै भए पनि छिटो सम्पन्न गरियो भन्ने एउटा उदाहरण यहि मेलम्चीबाट हामी प्रस्तुत गरौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो बिल्कुल सम्भव छ । सबैले आ-आफ्नो ठाउँबाट मेहेनतलाई डबल बनाइयो भने तपाईंहरु सम्मानित हुने, पुरस्कृत हुने सम्भावना छ ।’
आयोजनाको काम छिटो सम्पन्न गर्न सरोकारवाला मन्त्रालय र विभागलाई निर्देशन दिने उनले बताए । यसको प्राथमिकतासाथ अनुगमन पनि गरिने प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले सम्वन्धित मन्त्रालय र विभागलाई यो कामलाई प्राथमिकता दिएर तदारुकताकासाथ अगाडि बढाउन निर्देशित गर्ने छु । म निर्देशितमात्र गर्ने होइन, अनुगमन पनि सँगसँगै गर्नेतिर म गैराख्याछु ।’

Tuesday, July 19, 2016

ओली सरकार ढल्छ भनेर संविधानको कुन धारामा लेखिएको छ ? -बरिष्ठ संविधानविद

5:23 PM - No comments

माथिको नियम व्यवस्थापिका संसदको नियमावलीको परिच्छेद ९ प्रधानमन्त्रीको निर्वाचन शीर्षकको ४९ नम्बरको नियम अन्तर्गतको विषय हो। यसमा स्पष्टै लेखिएको छ- प्रधानमन्त्रीको पद कुनै कारणले रिक्त भएमा (रिक्त हुने अवस्था संविधानमै छ, राजीनामा दिए/मरे/विश्वासको प्रस्ताव फेल भए/अविश्वासको प्रस्ताव पास भए) संघीय संसदको गठन नभएसम्म (संघीय संसद संविधान अनुसार चुनाव भइसकेपछि बन्ने संसद) यसै नियमको कार्यविधि अनुरुप निर्वाचन गरी पूर्ति गरिनेछ।

तर यसमा प्रधानमन्त्री भनिएको छ। केपी ओली कहाँ प्रधानमन्त्री मात्र हुन् र। उनी त अरुभन्दा फरक प्रधानमन्त्री हुन्। राष्ट्रवादी प्रधानमन्त्री हुन्। स्वप्न द्रष्टा प्रधानमन्त्री हुन्। त्यसैले त्यस्तो प्रधानमन्त्रीको पद कसरी जाबो अविश्वास प्रस्ताव पास भएर रिक्त हुनसक्छ? संविधानमा केपी ओलीको सरकार ढल्न सक्छ भनेर कहाँ लेखेको छ? ल हेरेर भन्नुस्। कतै छ केपी ओलीको सरकार ढल्छ भनेर लेखेको? छैन। छैन भने कसरी अर्को बन्छ त सरकार?

अहिलेका तर्कहरु सुन्दा यस्तो लाग्छ कि मानौँ संविधानमा यस्तो लेखिएको रहेछ-
धारा फलानो – यो संविधान लागू भइसकेपछि बन्ने केपी ओलीको सरकार अविश्वासको प्रस्ताव पास भएमा ढल्नेछ र अर्को सरकार बनाउन निर्वाचन प्रक्रिया सुरु हुनेछ।

यस्तो लेखिएको रहेछ भने पनि विवाद निस्कन्छ-
संविधानमा केपी ओलीको सरकार भनिएको छ। उनको नागरिकताको नाम खड्गप्रसाद शर्मा ओली हो। केपी ओलीको त सरकार बनेकै छैन। व्यवस्थापिका संसदमा खड्गप्रसाद शर्मा ओलीको प्रधानमन्त्री बन्ने प्रस्ताव पास भएको हो। केपी ओलीको सरकार बनेकै छैन। संविधान संशोधन गरेर केपी ओलीलाई खड्गप्रसाद शर्मा ओली लेखियो भने मात्र अविश्वासको प्रस्ताव पास भएमा सरकार ढल्ने कुरा स्पष्ट हुन्छ। तसर्थ संविधान संशोधनमा सहमति जुटाउँ। हामीलाई यही संवैधानिक अस्पष्टताको दाउमा सत्ता लम्ब्याउने चाहना छैन। नेपाल संवैधानिक सर्वोच्चता भएको देश हो। संविधानमा लेखिएका कुराहरु अक्षरश पालना गर्नुपर्छ।

Monday, July 4, 2016

बर्षकै सुपरहिट फिल्म प्रेमगीत HD क्वालिटीमा हेर्नोस , प्रदिप खड्का/ पूजा शर्मा

5:23 PM - No comments
बर्षकै सुपरहिट फिल्म प्रेमगीत HD क्वालिटीमा हेर्नोस




Tuesday, June 28, 2016

चलचित्र कोहिनूर हेर्नुस दिवंगत नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम भेंट

5:50 PM - No comments
नेपाली चलचित्र कोहिनूर

दिवंगत चर्चित नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम भेंट , स्विकार्नोस !


Sunday, April 24, 2016

Watch Game Of Thrones Season 6 Episode 1 Free Online Streaming

10:14 PM - No comments
http://thewatchseries.be/go/?aff_id=321316
You can go to the following link to watch the most popular English series Game Of Thrones Season 6 episode 1 online free here which is shared by http://thewatchseries.be/watch/game-of-thrones-season-6-episode-1/

How to watch Game Of Thrones Season 6 Episode 01 Free?

गेम अफ थ्रोंस सिजन ६ एपिसोड ०१ कसरि हेर्ने त फ्रीमा ? तल पढ्नुहोस अनि तल दिएको लिंकमा जानुहोस :

We have only shared their link so we don't own any of this video.
To watch the series go to the following link, close all the secondary advertisement links that will open after clicking the link and stick to the first page opened as shown in the image.

Links to watch Game Of Thrones Season 6 Episode 1

http://thewatchseries.be/go/?aff_id=321315

http://thewatchseries.be/go/?aff_id=321316

माथिको दुइ मध्ये कुनै एक लिंकमा जानोस र माथि भनिए अनुसार एडहरु बन्द गरि सिरियल हेर्नोस
माथिको दुवै लिंकले काम नगरे तलको लिंकमा गएर अरु लिंक प्रयास गर्नोस :
http://thewatchseries.be/watch/game-of-thrones-season-6-episode-1/

To play the video we have to close the ads first clicking the PURPLE close button  and the PLAY button will be seen. Click PLAY button and close all the ads that will open until the video will be loaded and starts playing. Always stick to the page seen above in the image.
If above page is not seen after clicking the links you can try more links given here:
http://thewatchseries.be/watch/game-of-thrones-season-6-episode-1/

Saturday, April 2, 2016

लिक भयो यो बर्षको सुपर हिट फिल्म कबड्डी कबड्डी हेर्नोस

1:41 AM - No comments

यो बर्षको सुपर हिट फिल्म कबड्डी कबड्डी हेर्नोस




Thursday, March 24, 2016

अर्चनाको खुलाशा: हिरोइनलाई २ मिनेटमा बोलाएर सेक्स गर्छौं भन्ने यी हुन् निर्माता निर्देशक

8:21 PM - No comments

१६ बर्सकै उमेरमा सन्नी लिओन जस्तै पोर्न स्टार बन्छु भन्दै फेसबुक मा नग्न र उत्तेजक फोटो र भिडियो प्रकाशन गरेर एकाएक विवाद र चर्चामा आएका अर्चना पनेरु ले नेपाली फिल्म उद्द्योगको एउटा कालो पर्दा खोलि दिएकी छिन ।

अर्चनाको कुख्यातीलाई हतियार बनाउंदै पैसा र चर्चा कमाउन निर्माता र निर्देशकको लर्को अर्चनाको घर कोठामा लाग्ने गरेको छ।

 हालै निर्देशक राजु गिरीको चलचित्र जिस्ममा अनुबन्धित भई सुटिंग समेत थालेका अर्चना फिल्म यूनिट संगै पोखरामा पक्राउ परेका छन ।

आबश्यक अनुमति नलिएको भन्दै प्रशासनले पक्राउ गरी तारिखमा छाडेको छ ।

अर्चना र निर्देशकले उक्त घटना हुनुलाई हालै अर्चनाले केहि निर्माता निर्देशकको कर्तुतको पर्दाफास गरिदिए पछि त्यसैको रिस साँध्न आफुहरुलाई पक्राउ गरिएको आरोप लगाएका छन ।

उसो भए अर्चनाले पर्दाफास गरेको घटना के हो त ?

केहि हप्ता अघि काठमाण्डौमा बिभिन्न निर्माता तथा निर्देशक अर्चनालाई भेट्न आए। जसमा लुट निर्माता माधव वाग्ले , झोले निर्माता टेकेन खड्का , चपली हाइट निर्माता अर्जुन कुमार र मिसन पैसा निर्देशक सिमोश सुनुवार थिए ।

ति निर्माता निर्देशकले अर्चनालाई फिल्म खेलाउन सेक्सको प्रस्ताव राखेको , साथै उनीहरुले नेपालको कुनै पनि टप मोडेल तथा नायिकालाई चुड्की बजाएर २ मिनेटमा बोलाई सेक्स गर्न सक्ने बताएका थिए। साथै उनीहरुले निर्देशक राजु गिरि नराम्रो मान्छे भएको र उनको चलचित्र जिस्ममा नखेल्न पनि भनेका थिए ।यिनै कुराहरु अर्चनाले अन्तर्वार्ता मार्फत खुलाशा गरिदिए पछि हाल ति निर्माता निर्देशकहरु तिल्मिलाएका छन।

 यसबाट नेपाली चलचित्र  भित्र निर्माता निर्देशक र हिरोइन बन्न आउने केटीहरु बीच के कस्तो सम्झौता हुने गरेको छ , त्यसको अँध्यारो पक्ष उजागर गरिदिएको छ ।
हेर्नोस अर्चनाकै मुख बाट के भन्दैछिन :

Friday, March 18, 2016

हिमानीको आँखा छल्दै पारसकी प्रेमिका कन्निका नेपालमा , बिहे भोजमा संगै

11:29 PM - No comments
काठमाण्डौ । पूर्व युवराज पारस शाह नेपालबाट थाइल्याण्ड नफर्किएपछि छटपटिएकी उनकी थाई प्रेमिका कन्निका चाइयर्सन सुटुक्क आई केही दिनअघिदेखि नेपालमै घुमिरहेकी छिन् ।
केही दिनअघि पारसकी प्रेमिका कन्निका चारजना थाई बाउन्सर (सुरक्षा गार्ड)को सुरक्षा घेरामा आफ्नो छोरासहित नेपाल आएकी हुन् ।
पारस समेत लामो समयदेखि प्रेमिका कन्निकासँग भेट्न चाहन्थे । तर उनलाई पुनः थाइल्याण्ड जान परिवारका सदस्यले रोक लगाएपछि र थाइल्याण्डमा जाँदा लागूऔषधको मुद्धा ब्यूँतिने डरले चाहेर पनि उनी जान सकेका थिएनन् ।
यो बीचमा पूर्व युवराज पारसलाई थाई प्रेमिका कन्निकासँग टाढा बनाउन खोजिए पनि पछिल्लो समय दुईबीच कुराकानी हुने गरेको थियो ।
लामो समय नेपालमा बस्दा समेत पत्नी हिमानी, पिता पूर्व राजा ज्ञानेन्द्र आफूप्रति सकारात्मक नभएपछि र आफू बेखर्ची जस्तो भएपछि पारस बिरक्तिएका थिए ।
पत्नीका साथमा एक पारिवारिक विवाहको पार्टीमा सँगै तस्विर खिचाए पनि उनीहरुबीचको सम्बन्ध सुधार हुन सकेको छैन ।
यही क्रममा पछिल्लो समय कन्निकासँग कुराकानीमा रहेका पारसकै अनुरोध अनुसार कन्निका छोरालाई लिएर नेपाल आएकी उच्च स्रोतले जनाएको छ ।
पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा आफ्नो छोरोले पारसलाई बाबु भन्दै भेट्न नेपाल जान चाहेको बताएकी थिइन  ।
त्यस लगत्तै कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका एकाएक नेपाल आउनुलाई रहस्यमय ढंगले हेरिएको छ ।
स्रोतका अनुसार सबैलाई चकित पार्दै केही दिनअघि पूर्व जर्नेल सतिशविक्रम शाहकी छोरीको विवाह पार्टीमा माइतीघरस्थित सेन्ट जेभियर्स स्कूल छेउको एक पार्टी प्यालेसमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन ।
‘उनलाई पारिवारिक सहमतिमै विवाह पार्टीमा निमन्त्रणा गरिएको थियो ।’ उच्च स्रोतले भन्यो–‘सो दिन कन्निका चारजना सुरक्षागार्डसहित पार्टीमा आउँदा धेरै चकित भए, पारस पनि सँगै थिए ।’
सलक्क परेकी कन्निकालाई पार्टीमा देखेकाहरुले उनको सुन्दरताको खुलेरै प्रशंसा गरेका छन् । स्रोतका अनुसार सो दिन कन्निकाले पार्टीमा सहभागिता जनाइसकेपछि पूर्व राजा ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन्निका र पारस त्यहाँबाट हिडिसकेका थिए ।
कन्निका र पारसलाई सँगै विवाह पार्टीमा देखेका केही शाही परिवारका सदस्यले फोटो खिच्न खोजे पनि कन्निकासँगै रहेका बाउन्सरहरुले रोक लगाएको खबर सदावहारमा छ ।  यसको अर्थ  कन्निकाको नेपाल आगमनलाई गोप्य राख्न खोजिएको देखिएको छ ।

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top