Friday, March 18, 2016

हिमानीको आँखा छल्दै पारसकी प्रेमिका कन्निका नेपालमा , बिहे भोजमा संगै

11:29 PM - No comments

काठमाण्डौ । पूर्व युवराज पारस शाह नेपालबाट थाइल्याण्ड नफर्किएपछि छटपटिएकी उनकी थाई प्रेमिका कन्निका चाइयर्सन सुटुक्क आई केही दिनअघिदेखि नेपालमै घुमिरहेकी छिन् ।
केही दिनअघि पारसकी प्रेमिका कन्निका चारजना थाई बाउन्सर (सुरक्षा गार्ड)को सुरक्षा घेरामा आफ्नो छोरासहित नेपाल आएकी हुन् ।
पारस समेत लामो समयदेखि प्रेमिका कन्निकासँग भेट्न चाहन्थे । तर उनलाई पुनः थाइल्याण्ड जान परिवारका सदस्यले रोक लगाएपछि र थाइल्याण्डमा जाँदा लागूऔषधको मुद्धा ब्यूँतिने डरले चाहेर पनि उनी जान सकेका थिएनन् ।
यो बीचमा पूर्व युवराज पारसलाई थाई प्रेमिका कन्निकासँग टाढा बनाउन खोजिए पनि पछिल्लो समय दुईबीच कुराकानी हुने गरेको थियो ।
लामो समय नेपालमा बस्दा समेत पत्नी हिमानी, पिता पूर्व राजा ज्ञानेन्द्र आफूप्रति सकारात्मक नभएपछि र आफू बेखर्ची जस्तो भएपछि पारस बिरक्तिएका थिए ।
पत्नीका साथमा एक पारिवारिक विवाहको पार्टीमा सँगै तस्विर खिचाए पनि उनीहरुबीचको सम्बन्ध सुधार हुन सकेको छैन ।
यही क्रममा पछिल्लो समय कन्निकासँग कुराकानीमा रहेका पारसकै अनुरोध अनुसार कन्निका छोरालाई लिएर नेपाल आएकी उच्च स्रोतले जनाएको छ ।
पारस नेपाल आएर थाइल्याण्ड नफर्किएपछि कन्निकाले सामाजिक सञ्जालमा आफ्नो छोरोले पारसलाई बाबु भन्दै भेट्न नेपाल जान चाहेको बताएकी थिइन  ।
त्यस लगत्तै कन्निकाले हिमानीको तस्विर पोष्ट गर्दै सार्वजनिक रुपमै गालीगलौज गरेकी थिइन । सामाजिक सञ्जालमा हिमानी, पारसप्रति आक्रोश पोख्ने गरेकी कन्निका एकाएक नेपाल आउनुलाई रहस्यमय ढंगले हेरिएको छ ।
स्रोतका अनुसार सबैलाई चकित पार्दै केही दिनअघि पूर्व जर्नेल सतिशविक्रम शाहकी छोरीको विवाह पार्टीमा माइतीघरस्थित सेन्ट जेभियर्स स्कूल छेउको एक पार्टी प्यालेसमा कन्निका सुरक्षागार्ड र छोरासहित पुगेकी थिइन ।
‘उनलाई पारिवारिक सहमतिमै विवाह पार्टीमा निमन्त्रणा गरिएको थियो ।’ उच्च स्रोतले भन्यो–‘सो दिन कन्निका चारजना सुरक्षागार्डसहित पार्टीमा आउँदा धेरै चकित भए, पारस पनि सँगै थिए ।’
सलक्क परेकी कन्निकालाई पार्टीमा देखेकाहरुले उनको सुन्दरताको खुलेरै प्रशंसा गरेका छन् । स्रोतका अनुसार सो दिन कन्निकाले पार्टीमा सहभागिता जनाइसकेपछि पूर्व राजा ज्ञानेन्द्र राति साढे ९ बजे मात्र पुगेका थिए, ज्ञानेन्द्र आउँदा कन्निका र पारस त्यहाँबाट हिडिसकेका थिए ।
कन्निका र पारसलाई सँगै विवाह पार्टीमा देखेका केही शाही परिवारका सदस्यले फोटो खिच्न खोजे पनि कन्निकासँगै रहेका बाउन्सरहरुले रोक लगाएको खबर सदावहारमा छ ।  यसको अर्थ  कन्निकाको नेपाल आगमनलाई गोप्य राख्न खोजिएको देखिएको छ ।

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top