Thursday, March 10, 2016

अर्काकी स्वास्नी जिस्काउनेलाई कुटीकुटी मारियो

5:28 PM - No comments

२७ फागुन, काठमाडौं । बुधबार राति करिब साढे ९ बजे एक व्यक्ति आफूले मान्छे हानेको भन्दै महानगरीय प्रहरी वृत्त जनसेवामा पुगे ।
ड्युटीमा बसेका प्रहरी पनि छक्क परे । कतिपय व्यक्ति अपराध गरेपछि भाग्छन् । तर, नवलपरासीका घनश्याम आचार्य ‘मैले मान्छे कुटें’ भन्दै प्रहरी कार्यालयमा पुगे ।
उनले एउटै घरमा डेरा गरी बस्ने साथीलाई आफूले कुटेका थिए । घनश्यामलाई लिएर प्रहरी टोली ईटुम्बहालस्थित डेरामा पुग्दा घरको भुईंतल्लामा रहेको कोठामा दयाराम ढकाल ढलिरहेका थिए । नाक र मुखका चोट लागेका दयारामको मृत्यु भइसकेको थियो ।
 
यसरी भयो घटना

मृतक दयाराम ढकाल र अभियुक्त घनश्याम आचार्य दुवै सुरक्षा गार्ड हुन् । कामकै सिलसिलामा उनीहरुको चिनजान भएको थियो । विगत केहि वर्षदेखि इटुम्बहालमा बस्दै आएका घनश्यामले आफू बस्ने घरमा कोठा खाली भएपछि दयारामलाई पनि त्यहिँ ल्याए ।
 
तर, दयारामले आफ्नो श्रीमतीलाई जिस्क्याउन थालेको अभियुक्त घनश्यामको आरोप छ । उनले प्रहरीलाई बताए अनुसार राति रक्सीले मातेर आउने र आफ्नो श्रीमतीलाई जिस्क्याउने गरेको उनले बताए ।
 
दयारामको हर्कतबारे श्रीमती मधु आचार्यले सुरुमा सुनाएको तर, घनश्यामले भने रक्सीको मातमा गल्ती भएको भन्ने गरेको उनको बयान छट । जनसेवाको डिएसपी विनोद घिमिरेका अनुसार श्रीमती मधुले पटक-पटक दयारामविरुद्ध प्रहरीमा उजुरी गर्न भनेको तर, आफूले साथी भन्दै बेवास्ता गरेको घनश्याम आचार्यको बयान छ ।

बुधबार साँझ आफू घर फर्किंदा श्रीमतीप्रति दयारामको गलत व्यवहार गरेको देखेपछि गलत हर्कत देखेपछि ट्युबलाइटले आक्रमण गरको उनको प्रहरीलाई बयान दिएका छुन । आफ्नो आक्रमणबाट दयाराम ढलेपछि घनश्याम आफैं प्रहरीकोमा पुगेका थिए ।
 
तर, मृतकका साला दिनेश पोखरेलले भने घनश्याम आचार्यको बयान गलत भएको दाबी गरेका छन् ।  उनले आफ्नो भिनाजु घटना भएको दिन साँझ ५ बजे नै कोठामा भएको र घनश्यामले श्रीमतीलाई पिटेपछि मधु गुहार माग्दै आएकी थिइन् । त्यही क्रममा घनश्यामले आक्रमण गरेको उनले दाबी गरे ।
 
प्रहरीले जाँच गर्दा दयारामको ज्यान गएको भेटिएपछि प्रहरीले घनश्याम र उनकी श्रीमती मधुलाई नियन्त्रणमा लियो ।
 
दुबैलाई कर्तव्य ज्यान मुद्दा
 
श्रीमतीलाई जिस्क्याएको भन्दै साथी दयाराम ढकालको हत्या गर्ने घनश्याम आचार्य अहिले प्रहरी हिरासतमा छन् । घनश्यामसँगै उनकी श्रीमती मधु आचार्यलाई पनि पक्राउ गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने डिएसपी घिमिरेले बताए ।

उनीहरुलाई बिहीबार म्याद थप गरी थुनामा राखिएको छ ।

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top