Tuesday, June 16, 2015

नेपालमा भूकम्प जाँदा अमेरिकामा भोज र खुसियाली TPS भिसा मिल्दै

6:17 PM - 1 comment

नेपालमा भूकम्प जादा अमेरिकामा बस्ने झन्डै २ लाख नेपाली बीच खुसियाली र भोज चलेको छ , कारण बर्सौ देखि गैर कानुनी रुपमा बर्सौ देखि अमेरिकामा बस्दै आएका नेपालीहरु लाई अमेरिकन सरकारले बसोवास, रोजगार र नेपाल आवात जावत गर्न पाउने अस्थायी भिसा दिने भएको छ।  विनाशकारी महाभूकम्पबाट भएको  नेपाल र नेपालीको अकल्पनीय क्षति लाई मध्यनजर राख्दै उक्त सुबिधा दिन लागिएको हो ।यस्तो अस्थायी भिषा लाई TPS (Temporary Protected Status ) भनिन्छ ।
क- कसले यो सुबिधा पाउन सक्छन् ?
अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध
अमेरिकामा भिसा एक्स्पायर भएर लामो समयदेखि बिना कानूनी कागजात बसोबास गरिरहेका दशौं हजार नेपालीहरुले अन्तत: अमेरिकि सरकारको आप्रबासी तथा राश्टृयता एक्टको सेक्सन २४४ (बि) अन्तर्गतको Temporary Protected Status (TPS) अस्थाई सुरक्षा ब्यबस्था (टिपिएस) पाउने भएकाछन् । यो स्टाटस ठूल्ठूला प्राकृतिक संहार र गृहयुद्द भएका मुलुकका अमेरिकामा बिना बैधानिक कागजपत्र रहेका नागरिकलाई दिईने बिशेश सुबिधा हो । टिपिएस ब्याबस्थाले नेपालमा गत अप्रिल २५ तारिख गएको महाभूकम्पपछि प्राकृतिक महाबिपत्ती ब्यहोरी रहेको नेपालमा अमेरिकाबाट बिना बैधानिक कागजपत्र बसोबास गरिरहेका नेपालीहरुलाई जबर्स्जस्ती डिपोर्टेशन (फर्काउने) प्रकृया स्थगित गर्न, वोर्क परमित पाउन र नेपाल फर्किन ट्राभल डकुमेण्ट प्राप्त गर्ने सुबिधा मिल्दछ । अमेरिकि सिनेटर चाल्स सुमरको पहलमा यो टिपिएस स्टाटस डिपाट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीले प्रदान गरेको हो । अमेरिकामा नेपालीहरु अढाई लाखदेखि ३ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ । अमेरिकि सरकारको सेन्सस ब्यूरोले सन् २०१० मा लिएको जनगणनाअनुसार अमेरिकामा नेपालीहरुको जनसंख्या कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क छ । टिपिएस स्टाटस लागू गराउन अमेरिकिमा रहेको नेपाली समुदायले भरपूर लबी गरेको थियो । यो अभियानमा न्यू योर्कस्थित 'अधिकार' र उक्त संस्थाकी कार्यकारी निर्देशक लुना रन्जित, नर्बदा छेत्री, 'कारणका लागि महिला' (Women for Cause) र उक्त संस्थाकी अध्यक्ष डा. बिष्णुमाया परियार, नेपाल सरकारकोतर्फबाट अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका) का निबर्तमान अध्यक्ष एबं कानूनविद खगेन्द्र जिसी, संघका नवनिर्बाचित अध्यक्ष डा. केशब पौडेललगायत दर्जनौं संघसंस्था र ब्यक्तित्वहरुले अहोरात्र लबी गरेका थिए । लिस्ट अप्डेट गरिदैछ...
यसैबिच, 'कारणका लागि महिला' (Women for Cause) को पहलमा अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर सिटी काउन्सिलले बुधवार, मे २७ तारिख अमेरिकामा बैधानिक कागजपत्र बिना रहेका नेपालीहरुकोलागि 'अस्थाई सुरक्षा ब्यबस्था' (TPS) दिलाउन अमेरिकि स्टेट डिपर्ट्मेण्ट अन्तरगतको डिपर्ट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीलाई आग्रह गर्दै एक बिशेश रिजुलुसन पारित गरेको छ । यसरी रिजुलुसन पारित गर्ने जर्सी सिटी पहिलो अमेरिकि शहर बनेको छ ।


अमेरिकि सरकारले हालसम्म ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध गराएको छ । माइग्रेसन पोलिसी इन्स्टिचूड (MPI) काअनुसार अमेरिकि सरकारले यस अघि सिरियालीकोलागि सन् २०१२ देखि हालसम्म, हाइटियनकोलागि सन् २०१० देखि हालसम्म, एल साल्भाडोरियनकोलागि सन् १९९१-९२ र सन् २००१ देखि हालसम्म, सोमालीहरुकोलागि सन् १९९१ र हालसम्म, साउथ सुडानीकोलागि सन् १९९७ र २०११ देखि हालसम्म, सुडानीकोलागि सन् १९९७ देखि हालसम्म, निकारागुवानकोलागि सन् १९९९ देखि हालसम्म, होण्डुरियालीकोलागि सन् १९९९ देखि हालसम्म ति देशका अमेरिकामा रहेका बैधानिक कागजात नभएका नागरिकहरुलाई टिपिएस (TPS) सुबिधा प्रदान गरेको छ । यो टिपिएस (TPS) सुबिधा अन्तर्गत राष्ट्रिय महाबिपत्तीका बेला बैधानिक कागजात नभएको कारण स्वदेश फर्कन असमर्थ अमेरिकामा रहेका बिदेशी नागरिकहरुलाई ६ देखि १८ महिनासम्मको अस्थाई बसोबास गर्ने बैधता (कानूनी मान्यता) दिईन्छ । र त्यो समयभित्र आफ्नो देश फर्किन र फेरी अमेरिका फर्किने ट्राभल डकुमेण्ट प्रदान गरिन्छ । तर देशको अवस्थामा सुधार नआएको अवस्थामा यो सुबिधालाई लम्ब्याईएको उदाहरण माथी उल्लेखित तथ्याङ्कले देखाउँछ ।
भिडियो हेर्न तल क्लिक गर्नुस


  • Share this post:

Recent Posts

1 comment :

  1. जसरि हुन्छ भूकम्पको नाममा सबैले दुनो सोझ्याएकै छन् , नेता ले बजेटमा ,नक्कली घर धुरी देखाएर जनताले , चर्केको घर भत्काएर , मानो चुलो छुटेको देखाएर , होटेल ट्राभल एजेन्सी, ट्रेकिंग एजेन्सीले आफ्ना पुराना ग्राहक सामु कामदार , गाइड भरिया ,पाले , बेल ब्वाई को नाममा पैसा मागेकै छन् , एन जी ओ ले आइ एन जी ओ संग , आइ एन जी ओ ले आफ्ना देशका धनाढ्य समूह संग सबैले मागेकै छन् , तर बास्तबिक २० % पीडितले उठेको ५% राहत पाएका छन्, यस्तै अमेरिका मा पनि यो भन्दा अघि नेपाल जादा खतरा छ भन्दै सके सम्म आफुलाई रिफ्युजी देखाउन तम्सेका हरु अहिले भूकम्पले देश लग्यो भन्दै अमेरिकन सरकार संग TPS भिसा मिलाउन सफल भएका छन्, सानो तिनो भोज त चल्ने नै भयो ,अझ यिनले ग्रीन कार्ड पाको दिन र नेपाली नागरिकता छाडेर उहिको पासपोर्ट पाएको दिन यिनको छिमेक सम्म भोज चल्छ , बर्सौ बस्दानी ग्रीन कार्ड नबने देश भक्त बन्दै देश फिर्ता हुन्छन सरोज खनाल , रमेश उप्रेती गौरी मल्ल , राजाराम कार्की हरु बन्दै , ग्रीन कार्ड बन्ने हरु बम बहादुर कार्की, रमा सिंह , राम प्र. खनाल बन्दै देश भक्तिको राग अलाप्छन , देशको शक्तिशाली मिडियामा आफ्नो लेख छपाउछन , अनि देशमै बसी समाज सेवा गरिरहेका रेखा थापा हरुलाई होच्याउछन ,

    ReplyDelete

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top