कफी एक नरम पेय पदार्थ हो ।विश्वमा कफीलाई चिया पछिको दोश्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।कफीमा स्फूर्ति ल्याउने क्याफिन (caffeine) हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बोक्सिलिक एसिड) पाइन्छ ।
नेपालमा वि.सं. १९९५ सालतिर आँपचौर, गुल्मी निवासी श्री हीरा गिरीले बर्माको सिन्धु प्रान्तबाट कफीका बीउ ल्याई आँपचौरमा रोपेर... कफी खेतीको शुरुवात गरेको मानिन्छ।तर ४ दसकसम्म नेपाली कृषकहरू माझ कफी एउटा कौतुहलपूर्ण वालीकै रूपमा रह्यो । देशको मध्य तथा पश्चिम पहाडी जिल्लामा समुद्र सतहबाट ८०० मिटर भन्दा माथि हिउँ, तुषारो नपर्ने ठाँउसम्म लगाईएको कफि गुणस्तरीय कफिको रुपमा उत्पादन भई विदेश तर्फको निर्यातले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न सक्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली कफिको माग दिनानुदिन बढ्दै गई राखेको परिप्रेक्षमा कफि उत्पादन क्षेत्रको बिस्तार गर्नुको उद्योगको समग्र विकास गर्नु आजको आवश्यकता रहेको छ ।
नेपालमा अहिले करिव गरी ३ हजार कृषकहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कफी खेतीमा लागेका छन् । सन् २०१४ को उतपादन रेकर्ड अनुसार कुल १ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा करिव ४५० मे. टन ग्रीन वीन उत्पादन भएको छ । विश्व बजारमा नेपालबाट उत्पादित प्राङगारिक कफीको माग दिन प्रतिदिन बढी रहेको छ । कूल उत्पादन मध्ये ७० प्रतिशत कफी कोरिया, जापान, अमेरिका, जर्मनी निर्यात हुने गरेको छ । अन्र्तराष्ट्रिय बजारमा नेपाली कफीको मागलाई हिसाव नै गर्ने हो भने बार्षिक १० हजार मेट्रीकटन भन्दा बढी छ तर उत्पादन नै कम भएको कारण उक्त मागको ५ प्रतिशत पनि निर्यात हुन सकेको अवस्था छैन । नेपाली कफी निर्यातवाट बार्षिक करिव साढे ७ करोड वैदेशिक मुद्रा आर्जन गरेको छ तर अन्य मुलुकहरुबाट ९ करोड बरावरको विभिन्न ब्राण्डको धूलो कफी नेपाल आयात गरिन्छ । यसले के देखाउँछ भने अन्र्तराष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि नेपाली अर्गानीक कफीको माग बढीरहेको छ ।
विश्वमा १ सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्छन् र यीमध्ये ५० जति देश मुख्य कफी उत्पादक देशमा गनिन्छन् ।नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू-भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि छ ।तसर्थ, नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ ।
नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६सय मिटरसम्मको उचाइमा उत्पादित अराविका वर्णको टिपिका र बर्बन जातका हुन् ।प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।
अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको कफी पारखीहरू बताउँछन् ।साथै, नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटी कफीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरि जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ ।
-राजेन्द्र देवकोटा
0 comments :