Friday, April 17, 2015

महामारीले २१को मृत्यु सरकार र मिडिया सुर्य ब को मृत्युमा आशु चुहाउनु मा ब्यस्त

8:01 PM - No comments

 
काठमाडौं,वैशाख ५ – २१ जनाको मृत्यु भइसकेको महामारी फैलिएको जाजरकोट घटनाबारे प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्रीलाई बोलाएर बारम्बार निर्देशन दिएपछि शुक्रबारसम्ममा औषधि र स्वास्थ्यकर्मीको टोली जाजरकोट सदरमुकाम पुगे पनि बिरामी भएको ठाउँमा भने अझै पुग्न सकेको छैन । स्वास्थ्यकर्मी र औषधि सदरमुकाममा छ तर बिरामी भने दुर्गम गाउँमा उपचार नपाएर छट्पटी रहेका छन् । जाजरकोट नेपालकै एउटा उच्च पहाडी भूभागमा अवस्थित जिल्ला हो । यहाँका बासिन्दा राजनीतिक दल,सरकार तथा योजना आयोगको प्राथमिकतामा नपारिँदा हरेक पटक आउने महामारीको सिकार बन्न बाध्य भएका छन् । यतिबेला एकजना नेता वा पहुँचवाला व्यक्ति स्वाइनफ्लुका कारण बिरामी भएको भए विदेशमा उपचार गर्न पठाउनेदेखि मृत्यु भए राष्ट्रिय झन्डा फहराएर सरकार प्रमुखहरु तछाडमछाड गर्दै समवेदना प्रकट गर्न जान्थे र गुणगान गाउन व्यस्त हुन्थे । सामाजिक सञ्जाल नामको भित्तो शब्द र तस्बिरले भरिसक्थ्यो होला । तर,जाजरकोटका जनता उपचार नपाएर मर्दा कोही पनि नबोल्नु बिडम्वनाको कुरा हो ।
यता काठमाडौँमा भने सरकार का अधिकांश मन्त्रि , नेता, कलाकार, सचिव, रास्ट्रपति स्वयम् सुर्य बहादुर थापाको मृत्युमा श्रध्दान्जली दिन, सार्बजनिक बिदा दिन , मन्तब्य दिन मै ब्यस्त छ , काठमाडौँ का सबै पत्र पत्रिका अनलाइन मिडिया मा सुर्य बहादुर कै समाचार र चर्चा छ , पेज भरि भरि , उता महामारी फेलिएको स्थल गत रिपोर्ट कसैले गरेका छैनन् खाली फोनको भरमा सोधेका समाचार मात्र आएका हुन् ! भिडियो हेर्न तल क्लिक गर्नुस


  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top