Wednesday, April 22, 2015

डलरबादी एन जी ओ हरुलाई डाक्टर के सि को झापड जाजरकोट बाट

6:05 PM - No comments

 
जाजरकोटमा फैलिएको स्वाइन फ्लु महामारीले अहिले सम्म  जाजरकोटमा २७ र  कालिकोटमा १ गरि २८ को ज्यान गैसकेको छ , नेपाल आर्मी , नेपाल प्रहरी र नेपाल सरकार स्वास्थ्य मन्त्रालय का दर्जनौ डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु बिकट गाउका बिभिन्न
१५ ठाउँमा शिबिर राखेर बिरामीको परिक्षण र उपचार गर्दै छन् । महामारी अहिले जाजरकोटमा ८० प्रतिशत नियन्त्रण मा आइ सकेको छ , पहिले दैनिक १५०० हाराहारी बिरामी आउथे भने हिजो आज ५-१० जना बिरामी आउने गरेका छन् । केहि स्वास्थ्य कर्मी हरु
स्वयम् बिरामी पनि परेका छन् । जाजरकोटकै  पैंक उपस्वास्थ्यचौकीमा कार्यरत अहेव रामकृष्ण गिरी अहिले टेकु अस्पतालमा उपचाररत छन् , उनमा स्वाइन फ्लु भएको प्रमाणित भैसकेको छ ।
उता चर्चित डाक्टर गोबिन्द के सि पनि आफ्नै पहलमा जाजरकोट पुगेका छन् तर झुटो बोल्न र प्रचारबाजी गर्न नचाहने उनले त्यहाको बस्तुस्थिति बुझे पछी देशी बिदेशी संस्था हरुको कुनै पनि सहयोग लिन अस्विकार गरेका छन्, त्यहाको भौगोलिक बस्तु
स्थितिले गर्दा आफु एक्लैले केहि ब्यबस्थापन गर्न नसकिने उनले बताएका छन् , उनले आफ्नै खर्चमा लिएर गएको औषधि वितरण गर्ने र सकिए पछी सरकारी औषधि प्रयोग गर्ने बताएका छन् ।
यता ५  हजार रुपैयाको औषधि डाक्टर के सि मार्फत पठाएर देश विदेश बाट लाखौ डलर उठाउन कस्सिएर काठमाडौँमा बसेका फेसबुक र त्विटरका डलर बादी एन जी ओ /आइ एन जी ओ हरुको सपनामा ठुलै धक्का लागेको छ । डाक्टर के सि को हातमा
औसधि थमाएको फोटो साइट र फेसबुक तथा त्विटर मा राखेर दुनिया संग पैसा माग्ने धन्दा शुरुमै खेर गएकोमा उनीहरु निराश छन् , भलै केहि व्यक्तिहरुले फेसबुक पेज खोलेर पैसा भने उठाई रहेका छन् ।
एन जी ओ /आइ एन जी ओ हरुको काम सिधै कुनै काम गर्ने हैन तर सरकारको काममा सहयोग गर्ने हो, यी संस्था हरु दर्ता गर्दैमा सस्थाको विधानमै यो कुरा प्रस्ट लेखिएको हुन्छ , तर कम्जोर सरकारको फाइदा उठाउदै उनीहरुले काठमाडौँ वर परको सुगम जिल्लामा
एक लाख को काम गर्दै २० लाख पैसा उठाउने गरेका छन् । काठमाण्डौ मा मात्रै २५०० एन जी ओ छन् , यदि प्रत्येक संस्था बाट एक जना स्वयम् सेवक पठाएको भए जाजरकोट मा २५०० स्वयम सेवक पुग्ने थिए , जसले सरकारी कर्म चारी हरुलाई आबश्यक सहयोग
गर्न सक्थे , घर घरमा बिरामीको अवस्था बुझ्ने , बिरामी हरुलाई शिबिर सम्म पुर्याउने , सफा पानी र सफा कपडाहरु व्यवस्था गर्ने , नियमित औषधि खुवाउने आदि काम उनीहरुले गर्न सक्थे ।तर शहर मा बसेर डलर उठाउन पल्केका हरुले त्यो बिकट ठाउमा महामारी
सर्न सक्ने जोखिम ठाउमा कोहि जान आट गरेनन ।उल्टो आफ्नो ज्यान जोखिममा राखेर महामारी फैलिएको क्षेत्रमा खटिएको कर्मचारीहरुको मनोबल गिराउने गरि राजधानी मा बसेर प्रचारबाजी गरिरहेका छन् ।
सबैमा स्मरण रहोस कि नेपालको आबस्यकता पैसा हैन , यो सरकार संग यति पैसा छ कि बिगत १० बर्स बाट हाम्रो सरकारले ६२ प्रतिशत भन्दा माथि विनियोजित बजेट नै खर्च गर्न सकेको छैन मतलब हरेक बर्स आधा जस्तो बजेट फ्रिज हुदै आएको छ, आबश्यक
योजना र कार्यन्वयनको अभाबमा , यसर्थ अहिले देशलाई पैसा हैन ब्यबस्थापनको आबश्यकता छ , तपाई हरु जो कोहि यो बिपत्तिमा सहयोग गर्न चाहनु हुन्छ भने सरकारको काम कारबाही लाइ प्रभाव कारी बनाउने तिर लाग्नुस् , पैसा सरकार संगै छ , न कि १ लाखको
काम गरेर २० लाख कमाउने डलर बादी संस्था हरुको सेवामा नलाग्नुस , यसको भन्दै गर्दा कुनै संस्था ले हाम्रो संस्था त पार दर्शी छ , भ्रस्टाचार हुदैन भन्लान , स्मरण रहोस कि उनीहरुले भ्रस्टाचार गर्दैनन् तर आफ्नो तलब आफै तोक्छन , मासिक २ लाख ३ लाख , तपाई
हरु बाट उठाएको पैसा उनीहरुको यत्रो तलबमा खर्च हुन्छ , सिधै भ्रस्टाचार किन गर्नु पर्यो , फेरी आफ्नै सस्थामा आफ्नै परिवार का त सदस्य हुने हुन्  ।काठमाडौँमा आलिशान बंगला नभएको कोहि समाजसेवी छन् भने हामीलाई खबर गर्नु होला हामी सगौरब छाप्ने छौं  ।

  • Share this post:

Recent Posts

0 comments :

E-mail Newsletter

Sign up now to receive breaking news and to hear what's new with our website!

back to top